बैशाख २८, २०८२ आईतबार

फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

हेर्नुहोस् अनेरास्ववियुको माग

  • लामो समय देखि विभिन्न बाहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सर्वजनिक गर्न जोडदार माग गर्दछौं।
  • “School of” नाममा संचालिन शैक्षिक कार्यक्रम गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी पूर्ण छात्रवृत्तिको व्यबस्था गरियोस् ।
  • चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी हुने गरी चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले मिति २०७८/०७/०७ गते गरेको शुल्क वृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं ।
  • त्रिभूवन विश्व विद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस् ।
  • सक्षम प्राध्यापक बिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धती अबलम्बन गरियोस । विश्वविद्यालय सेवा आयोगलाई नियमित गरियोस् ।
  • विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र प्रारम्भ, परिक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गरियोस् । सेमेस्टरको हकमा २ महिना भित्रमा र वार्षिक परिक्षाको हकमा ३ महिना भित्रमा परिक्षाफल अनिवार्य प्रकाशित गरियोस् ।
  • मौका परिक्षाको प्रतिक्षामा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै सबै तहका परिक्षाको परिक्षा तालिका सार्वजनिक गरियोस् ।
  • कोभिड १९ महमारीको समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्क फिर्ता गरियोस् ।
  • परीक्षा नियन्त्रण कार्यालयबाट भइरहेको ढिलो सुस्ती र अस्तव्यस्तता अन्त्य गर्न  सबै खाले प्रमाणपत्र र अन्य सम्पूर्ण कामहरु इलष्लिभ को माघ्यमबाट गरियोस् । परिक्षा नियन्त्रण कार्यालयलाई व्यवस्थित गरियोस् ।
  • राष्ट्रिय आवश्यकता अनुसारको प्रविधिमैत्री शिक्षामा जोड दिदै सोही अनुरुपको भौतिक पूर्वाधार र अन्य संरचना निमार्णमा विशेष ध्यान दिइयोस् ।
  • विश्व विद्यालयका अनाधिकृत रुपमा प्रयोग भइरहका भौतिक संरचना एवं सम्पूर्ण सम्पतीहरुको पहिचान गरी अविलम्ब आफ्नो मातहतमा ल्याई शैक्षिक विकासको लागि प्रयोग गरियोस् ।
  • पिछडिएको क्षेत्र, द्धन्द पिडित, उत्पीडित, महिला र विपन्न समुदायका विद्यार्थीहरुलाई विशेष छात्रावृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा समुदायको पहुँच वृद्धि गरियोस् ।
  • देशभरिका क्याम्पसका छात्रावासहरुको मर्मत संभार एवं अत्याधुनिक प्रविधीसहित निर्माण गरी सञ्चालन गरियोस् ।
  • सम्बन्धन प्राप्त आंगिक, सामुदायिक र निजी शैक्षिक सस्थाहरुमा नियमित अनुगमन गरी वैज्ञानिक शुल्क निर्धाण गरी कार्यान्वय गरियोस् ।
  • पाठ्यक्रमलाई सयम अनुसार परिमार्जन गर्दै लगियोस् ।
  • विश्वविद्यालयका नियुक्तीहरु योग्यता, क्षमता, कामको प्रस्ताबना र स्वच्छ  प्रतिस्पर्धाको आधारमा हुने व्यवस्था गरियोस् ।

प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]