बैशाख २७, २०८२ शनिबार

विशिष्टिकृत सहकारी संघ प्रवद्र्धनमा महासंघको सहयोग

झापा । प्रदेश नं. १ को थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लि. लाई राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी विकास कोषबाट किस्ताबन्दीमा फिर्ता गर्ने गरी १० लाख रुपैयाँ सहयोग गरेको छ । विना ब्याजमा संघलाई सो रकम उपलब्ध गराइएको हो । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि मूल पुँजी नमासिने गरी आर्जित ब्याज तथा लगानीमा प्राप्त प्रतिफलबाट सहकारीमा प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्ने गरी महासंघले सहकारी विकास कोषको स्थापना गरेको हो ।

सहकारीलाई उत्पादनदेखि वितरणसम्मको आपूर्ती श्रृखलामा जोड्नका लागि सक्रिय भूमिका खेलिरहेको झापामा रहेको प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको महासंघका महाप्रबन्धक सुब्बाले बताउनुभयो । ‘आपूर्ती शृखलामा सहकारीलाई जोड्ने नीति अनुरुप सबै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ गठनका लागि महासंघले सहजीकरण ग¥यो प्रदेश १ को संघ भने गत २०७८ असार ९ गते दर्ता भई सक्रिय रुपमा अगाडि वढेकोे छ । आगामी दिन अन्य संघहरु प्रवद्र्धान गरिने छ, ’ महाप्रबन्धक सुब्बाले भन्नुभयो ।

आइतबार महासंघमा महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र संघका अध्यक्ष महेन्द्र गिरीबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । गिरी सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत समेत हुुनुहुन्छ ।

उक्त विशिष्टीकृत संघ यतिबेला बजारीकरणमा योजनाबद्ध रुपमा अगाडि बढिरहेको संघका अध्यक्ष गिरीले बताउनुभयो । हाल ५० वटा सहकारी संस्था आवद्ध रहेको संघमा १ करोड २५ लाख शेयर पुँजी छ भने यसले तीन क्षेत्रमा काम गर्न शुरु गरिसकेको छ । ‘धान काट्ने, रोप्नेदेखि कृषि, दृग्ध, चिया क्षेत्रका लागि आवश्यक पर्ने मेसिनहरुको विक्री वितरण शुरु भएको छ । त्यसैगरी स्टेशनरी र छपाईको काम पनि शुरु भएको छ ।’ अध्यक्ष गिरीले भन्नुभयो, ‘स्थानीयस्तरमा उत्पादन भएका उपभोग्य सामाग्री मह, तोरीको तेललगायतको कारोबारका कार्य पनि शुरु हुँदै छ ।’ उहाँले पहिलो बर्ष नै ६ प्रतिशत लाभांश दिन सक्ने गरी काम भइरहेको बताउनुभयो ।

सहकारी संस्थाहरु मिलेर विशिष्टिकृत संघमार्फत थोक उपभोक्ता सहकारी संघ गठन गर्नका लागि यो संघले प्रोत्साहन प्रदान गरेको देखिन्छ । यसले नेपालको सहकारी अभियानलाई थप उत्साहित बनाएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७८ आईतबार  ४ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]