एमाले अध्यक्ष ओली कात्तिक २९ गते धनकुटाको छिन्ताङ जाने
धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक २९ गते धनकुटा जानुहुने भएको छ । अध्यक्ष ओली ४३ औं छिन्ताङ स्मृति दिवशका अवसरमा सहिदभूमी गाउँपालिकामा आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ ।
एमाले धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार उक्त दिन माओवादी र काँग्रेस त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम छ । यसैगरी छिन्ताङ सदि परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुने भएको छ ।
कार्यक्रममा कलाकार बद्री पंगेनी लगायतको साँस्कृतिक प्रष्तुती रहने आयोजकले जनाएको छ ।