बैशाख २७, २०८२ शनिबार

४ सयले बढ्यो सुनको मूल्य

बिर्तामोड । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  ११ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]