बैशाख ३०, २०८२ मंगलबार

बीएण्डसी सञ्चालक प्रसाईलाई वर्ष उत्कृष्ट सम्मान

बिर्तामोड । बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ । प्रसाईलाई स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईंलाई केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईंलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गरेका थिए । बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’ बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संघर्ष गरेको बताउँदै बिर्तामोड विस्तारै मेडिकल क्षेत्रको हब बन्दै गएको तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिएको बताए ।

प्रकाशित मिति : कार्तिक २६, २०७८ शुक्रबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]