झापामा मंसिर १ देखि कर सप्ताह मनाइने
बिर्तामोड । आन्तरिक राजश्व कार्यालय भद्रपुरलेले कर सप्ताह मनाउने भएको छ । १० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजश्व कार्यलय भद्रपुरले साताव्यापी कार्यक्रम गरेर कर सप्ताह मनाउने जनाएको हो ।
कर सप्ताहमा प्रमुख कर अधिकृत शुभ प्रसाद रिजालले आयकरमा उत्कृष्ठ झापा, इलाम, पाँचथर र ताप्लेजुङका चार जना करदातालाई सम्मान गरिने बताए । उनले साताव्यापी कार्यक्रम अन्तरगत सचेतना मूलक कार्यक्रमलाई विभिन्न क्षेत्रमा उद्योग वाणिज्य संघहरुसंग सहकार्य गर्दै सञ्चालन गरिने बताएका छन् ।
बिर्तामोडमा मंसिर १ गते हुने कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने जनाइएको छ । बिर्तामोडमा प्रभातफेरि सहित कर सप्ताहको मंसीर १ गते उद्घाटन गरिने प्रमुख कर अधिकृत रिजालले जानकारी दिए । स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि सुसासन विकास र संमृद्धि भन्ने नाराका साथ यस पटकको कर सप्ताह मनाउन लागेको प्रमुख कर अधिकृत रिजालले बताएका छन् ।
झापा सहित ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लामा समेत सचेतना मूलक कार्यक्रम गरिने बताइएको छ । कर सप्ताह अन्गरगत मंसीर २ गते मेची नगरपालिकाका व्यवसायी तथा कर दातासँग सचेतना मूलक कार्यक्रम गरिने भएको छ ।
त्यस्तै मंसीर ३ गते कनकाई नगरपालिका ४ गते वुद्धशान्ति गाउँपालिका, ५ गते बिर्तामोड नगरपालिका र ६ गते भद्रपुर नगरपालिकामा कर दाता शिक्षा तथा सचेतना मूलक कार्यक्रम गरिने आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । मंसीर ७ गते भद्रपुरमा औपचारिक कार्यक्रमको आयोजना गरी कर सप्ताह समापन गरिने पत्रकार सम्मेलनमा प्रमुख अधिकृत रिजालले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय भद्रपुरमा व्यवसायी तथा व्यक्तिगत पान लिएका एक लाख भन्दा बढी करदाता रहेको जनाइएको छ ।