आजदेखि एमाले महाधिवेशन
चितवन । कपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । मङ्सिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ः००बजे गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुनेछन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेता समेत उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
महाधिवेशनका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ ।
महाधिवेशनको बन्द सत्र सौराहामा हुनेछ । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ ।प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौ जना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।