सम्मानजनक मत पाए : राम कट्टेल
बिर्तामोड । नेपाली कांगे्रस झापाको सभापति पदमा उपविजेता बनेका राम कट्टेलले सम्मान जनक मत प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा सम्मानजनक मत दिएकोमा प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखे– हार्दिक आभार ब्यक्त गर्दछु । आदरणीय मतदाताहरूलाई साथै आदरणीय नेतृत्व तथा साथीहरूलाई जसको अपार माया र सकारात्मक सहयोग पाएर मैले जिल्ला सभापतिको उम्मेदवारमा सम्मान जनक मत पाउन सफल रहें । प्राप्त बिश्वास र भरोसालाई जीवन्त राख्दै उस्तै उत्साह र उर्जाको साथ आफ्नो कदम अघि बढाई नै रहने छु । फेरि पनि सहयोगी मनहरूलाई हार्दिक धन्यवाद साथै आभार ब्यक्त गर्द छु । जय नेपाल !