एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी
चितवन । नयाँ नेतृत्वको चयनका लागि चितवनमा नेकपा एमालेको मतदान जारी छ । गएराति ९ बजेदेखि १ बजेसम्मका लागि मतदान तय गरिएको भए पनि निर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको हो ।
४ बजेबाट सुरु भएको मतदानमा सात सय जनाभन्दा धेरै नेताले मतदान गरिसक्नुभएको छ । अध्यक्षका लागि नेता केपी शर्मा ओली र भीम रावल प्रत्यासी हुनुहुन्छ भने उपाध्यक्ष पदका लागि सात जना नेताहरुले खुलातर्फ उम्मेदवारी दिनुभएको छ । यसैगरी सचिवका लागि सात पदमध्ये नौ जनाले उम्मेवारी दिनुभएको छ ।