विरिङ बस दुर्घटनामा बाँचेपछि एक विधार्थीको ‘गुहार’
बिर्तामोड । झापाको पूर्वपश्चिम राजगमार्ग अन्तर्गत विरिङ खोलामा आइतवार बस दुर्घटना हुँदा १ जना विधार्थीको मृत्यु भयो । २३ जना घाइते भएको झापा प्रहरीको रिपोट छ । दिउँसो १२: ३० बजे बस दुर्घटना भएको थियो । सो बसमा बिर्तामोडस्थित देखि कलेजका विधार्थी समेत चढेका थिए । त्यसमध्ये १ जना विधार्थी कनकाई –७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भयो ।
ना ५ ख ८०४१ नम्बरको बसमा सवार विधार्थी कमला पाठकले सार्थी गुमाएपछि सार्वजनिक बसमा यात्राका कठिनाई बारे यस्तो लेखिन् –
मंसिर १२ गते हामीले आफ्नो एउटा साथीलाई बस दुर्घटनामा गुमाउनु परो । साथीको आत्माले शान्ती पाओस् भन्ने कामना गर्दछौं । हामी देवी कलेजमा पढ्ने विधार्थी हो । हामी विज्ञान संकायमा अध्ययनरत छौं । विज्ञान संकायको छुट्टी १२ बजेसम्ममा हुन्छ । देवि कलेज सरकारी भएकाले बस नभएर हामी सबै विधार्थीहरु लोकल बसमा जाने आउने गर्छौ । लोकल बसमा आउन जान एकदमै गाह्रो हुन्छ । विहान तेस्तो गाह्रो हुन्न । बसले सजिलै चढाउछ । तर, फर्किदा खेरि भने कलेजबाट स्टेण्डसम्म हिडेर थाकेर आइपुग्दा कुनै पनि बसले चढाउन मान्दैनन् । १२ बजेको घाममा त्यो पश्चिम स्टेण्डमा कम्तिमा हामी २० देखि २५ मिनेट उभिएर गाडि रुगेर बस्छौं । कुनै–कुनै गाडिले भाग्यले चढाउछ अनि घर आउनुपर्छ ।
बसमा चढिसकेपछि पनि सजिलो र राम्रो मुखले कहिल्यै पनि ‘खलासी’ले चढाउदैन । जहिल्यै गाली सुनेर बाझेर बस्नुपर्छ । विधार्थीलाई बस भाडामा आधा छुट गर्नुपर्छ भन्ने नियम थाहा हुँदाहुँदै पनि विधार्थीलाई थर्काएर बाझेर पुरै भाडा लिन खोज्छन् । कलेजलाई कुनै दोष दिने ठाउँ छैन । स्कुल एकदम ठिक छ । पढाई राम्रो छ । हेरचाह राम्रो छ । नियम राम्रो छ, तर यातायात सुविधाबाट हामी जस्तो कति विधार्थीहरु घर पुग्न नपाई ज्यान गुमाउछन् ? एक त बसले चढाउदैनन् । अर्को कुरा , बस जतिनै भीड छ भने पनि मान्छे खाँदीखाँदी हाल्छन् । यो दुर्घटना धेरै स्पीडकै कारणले भएको छ । म पनि त्यहि बसमा थिए । मलाई थाहा छ, कस्तो दुःखले आइपुगेको हो भनेर । छेउ (स्टेण्ड) मा पुलिस बसेका हुन्छन् । बिर्तामोडको बस स्टेण्डमा पुलिसको सहयोग पनि पाइदैन । सबै जनामा यो कुरा बाँडेर केहि हुन सक्छ कि भनेको हो । आज मैले आफ्नो एउटा साथी गुमाउनु पर्यो । भोली को गुमाउनु पर्छ भन्ने थाहा छैन ।
आज म सबै दोष यातायातलाई नै दिन्छु । किनभने, जुन गतिमा त्यो गाडिमा कुद्दै थियो नि र जुन तरिकाले त्यहाँ भित्र यात्रीहरु खाँदेको थियो , त्यो हिसावमा त त्यो बसको सबै जनालाई नराम्रो असर पुग्यो होला । सबैले बाँडेर , पढेर सानो सहयोग हुन्छ कि भन्ने आशा छ ।