बैशाख २९, २०८२ सोमबार

एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

झापा – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ३ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]