जेष्ठ ७, २०८२ मंगलबार

एमाले महाधिवेशनले पारित गरेका १७ प्रस्ताव

चितवन । नेकपा एमालेले १७ वटा प्रस्ताव पारित गर्दै १० औं महाधिवेशन समापन गरेको छ । मंसिर १० गते सुरु भएको एमाले १० औं महाधिवेशन मंसिर १४ गते सम्पन्न गर्ने क्रममा उक्त प्रस्ताव पारित गरेको हो । चितवनको नारायण नदी किनारमा १० गते उद्घाटन भएर ११ गतेबाट सौराहामा बन्दसत्र चलेको थियो ।

एमाले महाधिवेशनले पारित गरेका प्रस्ताव
१. सहिदप्रति श्रद्धाञ्जली
२. पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान श्रद्धासुमन अर्पण
३. ९ औं महाधिवेशन यता दिवंगत भएका नेता कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण
४. महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धता
५. जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण
६. बेमौसमी वर्षाका पीडितलाई राहतको जोडदार माग
७. शान्ति प्रक्रिया चोड टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न माग
८. परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध
९. नागरिक न्याय पाउने अधिकार बन्चित भएकोप्रति निन्दा
१०. नेपाल विकासील मुलुकका स्तरउन्ती भएकोमा राष्ट्र संघलाई धन्यवाद
११. एमाले १० औं महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद
१२. समावेशी पार्टी बनाएर लैजाने संकल्प
१३. निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न निर्देशन
१४. राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने
१५. जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने
१६. राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन आग्रह
१७. महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]