बैशाख २८, २०८२ आईतबार

विधार्थीलाई प्रहरी सहयोगको खाँचो

सम्पादकीय
मंसीर १२ गते झापाको कनकाई नगरपालिकास्थित विरिङ पुलमा भएको सवारी दुर्घटनाले एक जना विधार्थीको ज्यान गयो । विर्तामोडस्थित देवि स्कुलमा अध्ययनरत विधार्थी चालकको लापरबाहीका कारण ज्यान गुमाए । तीब्र गतिमा हुँकिएको सार्वजनिक बसमा घर पुग्ने विधार्थीको योजना बिचमै तुहियो । घरमा आमा छोरा पर्खिएर बसेकी थिइन् । पढेर आउने छोराका लागि खानपान तयारी गरेर बस्ने आमाको सन्तान चालककै लापरबाहीले विते । सार्वजनिक सवारीमा चालकको लापरबाही कै कारण धेरै दुर्घटनाहरु भइरहेका छन् ।

यस्तै दुर्घटना धेरै भएका छन् । एउटा बस दुर्घटना हुनु ठुलो कुरा होइन भन्नेहरु पनि छन् । दुर्घटना ठुलो हो या सानो भन्ने कुरा क्षति भएको परिवारलाई मात्र थाहा हुन्छ । समग्र दुर्घटनालाई हेरेर मुल्याङकन गर्न मिल्दैन । यसैविचमा सँगै यात्रा गरिरहेकी एक विधार्थी कमला पाठकको सहयोगको आकांक्षाले धेरै सन्देश दिएको छ । विधार्थीलाई घरबाट विधालयसम्म जान र विधालयबाट घर जान किनै समस्या भइरहेको पाइयो । विधालयले विधार्थीका लागि बस व्यवस्थापन नगर्दा विधार्थीलाई मार परिरहेको छ ।

झापाका कुनै पनि विधालयहरुले विधार्थीलाई घरसम्म जान हुने कठिनाईलाई पहिचान गरेर समाधान गर्न जरुरी भएको छ । बिर्तामोडबाट सुरुङा हिडेका विधार्थी बाटोमै विते । शैक्षिक संस्थाले विधार्थीको सुरक्षा, आवतजावतको उचित व्यवस्थापनमा ध्यान दिनैपर्छ । विर्तामोडको पश्चिम बसस्टेण्डमा खटिने सुरक्षाकर्मीको कुनै सहयोग नपाएको विधार्थीको गुनासो छ । बसमा विधार्थीलाई चढ्न नदिँदा पनि प्रहरी मुकदर्शक हुनु गम्भीर विषय हो । यसको सहजीकरणका लागि यातायात व्यवसायी र सुरक्षा निकायले पहल गर्नैपर्छ ।

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]