जेष्ठ ७, २०८२ मंगलबार

झापामा नक्कली पीसीआर रिपोटको धन्दा

बिर्तामोड । झापामा केहि दिनयता कोरोना परीक्षण गरेको नक्कली रिपोटबारे व्यापक चर्चा भइरहेको छ । मेची अस्पतालको कनकाई पीसीआर ल्याव कै नाममा रिपोट जारी भएको भेटिएको छ ।

तर, कोटिहोमबाट जारी गरिएको रिपोटलाई ‘इडिट’ गरेर आवश्यक पर्ने व्यक्तिहरुले नक्कली रिपोट बनाएको प्रमाण फेला परेको छ । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने र भारत जान समेत पीसीआर रिपोर्ट आवश्यक पर्ने भएकाले नक्कली रिपोर्टको सहायता लिन थालिएको छ । बिर्तामोडका केहि साइवर, फोटो स्टुडियोले नक्कली रिपोट बनाउदैं ५ सय, १ हजार लिएर गैरकानुनी काम गरिरहेको सूचना प्राप्त भएको छ । हिकोला रोडमा रहेको मनकामना ट्राभल्सका सञ्चालक रविन शाक्यले रिपोट प्रिन्ट गर्न आउनेहरुको प्रिन्ट गर्दै पठाएको जानकारी दिए । उनले भने, ‘रिपोट सक्कली हो या नक्कली हामीलाई थाहा हुदैन । प्रिन्ट गर्न आउनेलाई प्रिन्ट गरिदिन्छौं ।’

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नक्कली रिपोट बनाउनेलाई कानुन बमोजिम कारवाही हुने बताएका छन् । उनले सो गतिविधिमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने बताए । कागजातसहित आएमा तत्काल कारवाही गर्छौ, प्रजिअ तिमिल्सिनाले भने ।
अर्जुनधाराका एक युवाले भारत जानलाई नक्कली रिपोट बनाएको फेला परेको छ । खाती थरका ति पुरुषको रिपोटमा क्यूआर जाँच गर्दा बिर्तामोड १ का रिमाल थरका एक पुरुषको रिपोट देखिएको छ । कोटिहोमबाट दिइने रिपोटलाई नै सम्पादन गरेर आवश्यक पर्ने व्यक्तिको नाममा रिपोट बनाइए पनि क्यूआरबाट जाँच गर्दा नक्कली भए÷नभएको प्रमाणित हुने गरेको छ ।

कनकाई पीसीआर ल्यावका इञ्चार्ज डाक्टर शान्तिराम पोखरेलले नक्कली रिपोट फेला परेको जानकारी दिए । उनका अनुसार नक्कली रिपोट बनाएको प्रमाण फmो परेको छ । डा.पोखरेलले स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही नबन्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]