जापान जान रोकिएका विधार्थीलाई धैर्य गर्न आग्रह
बिर्तामोड । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण जापान जाने विधार्थीहरु फेरि समस्यामा परेका छन् । २ वर्षपछि अड्किएका विधार्थी लैजाने तायरी भइरहेको थियो । ओमिक्रोनका कारण फेरि विधार्थी लैजाने कामलाई रोकिएको छ ।
देशभरबाट पैसा बुझाईसकेका र बुझाउन बाँकी रहेका सयौं विधार्थी जापान खुलेकोमा हर्षित बनेका थिए । उनीहरुलाई फेरि ओमिक्रोन बाधक बनेको छ । कन्क्यू एकाडेमी सेन्दाई र नागोया कलेजका विभागीय प्रमुख मनी खड्काले नेपाली विधार्थीहरुलाई धैर्य गरेर बस्न आग्रह गरेका छन् । उनले रोकिएको विधार्थीलाई लैजाने अन्तिम तयारी भइरहेका बेला फेरि ओमिक्रोन बाधक भएको जानकारी दिए ।
विधार्थीलाई कलेजका तर्फबाट कुनै समस्या नहुने उनको भनाई छ । अहिले नै कति समय रोकिन्छ भन्न सकिन्न, खड्काले भने – खोप लगाएका विधार्थी जान मिल्ने भए तत्कालै लैजान सकिन्छ । अहिले ओमिक्रोनको अनुसन्धान भइरहेकोले विधार्थीलाई नआत्तिन समेत आग्रह गरेका छन् । अपवाद बाहेक कुनै विधार्थी जान नचाहेमा कलेजले सम्झौता अनुसारको रकम कटौति गरेर फिर्ता समेत गरिदिने खड्काको भनाई छ । उनले अब जाने विधार्थीलाई कलेजहरुले थप सुविधाको व्यवस्था गर्ने जानकारी दिए । यो समयमा भाषामा थप सक्षम बन्न विधार्थीलाई सूझाव दिएका छन् । झापामा मात्रै १ सयभन्दा बढि विधार्थीले १२ लाखदेखि माथि रकम बुझाइसकेका छन् । कर्जा लिएर पैसा बुझाउने विधार्थीहरु मारमा परेका छन् ।