दिलमाया स्मृति कप : शिवसताक्षी ११ विजयी
शिवसताक्षी । दिलमाया स्मृति कप २०७८ को सुपर ८ को खेल शुक्रवारबाट शिवसताक्षीको दूधे खेलमैदानमा शुरु भएको छ । दिलमाया स्मृति कप झापा क्षेत्र नं. ४ वडा स्तरीय फुटबल प्रतियोगिताको सुपर ८ को खेलको उद्घाटन नेकपा एमालेका नेता सुवास नेम्वाङ्गले गरेका छन् ।
सुपर ८ को उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ११ विजयी भएको छ । झापा गाउँपालिका ७ लाई १–० गोलअन्तरले पराजित गर्दै शिवसताक्षी ११ विजयी भएको हो ।

शिवसताक्षीको तर्फबाट दोस्रो हाफको ३ मिनेटमा जर्सी नं. १४ का संजोक खपाङ्गले लगाएको गोल नै निर्णायक गोल बन्न पुग्यो । खेलको म्यान अफ दी म्याच संजोग खपाङ्गी घोषित भए । उनले नगद २५ सय प्राप्त गरे ।
शनिवारको खेल झापा ६ र शिवसताक्षीको २ बीच हुने आयोजकले जनाएको छ । क्षेत्र नं. ४ का २८ वडाहरुबाट छनौट गरी सुपर ८ को खेल सञ्चालन गरिएको हो । प्रतियोगिताको विजेताले २ लाख २५ हजार र उपविजेताले १ लाख २५ हजार, प्रमाण पत्र, शिल्ड, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । सुपर ८ मा पराजित हुने टोलीले पनि १५ हजार पाउँने छन् । त्यस्तै सेमी फाइनलमा पराजित हुने टोलीले २५ हजार प्राप्त गर्ने बताइएको छ ।