बैशाख २९, २०८२ सोमबार

ढिलोमा एक वर्षभित्र एमाले सरकारमा आउछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने उनको दाबी छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने बताए । सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनको दाबी छ ।

‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन– अब कसेको सरकार बन्छ देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो,’ ओलीले भने । हिजो आफूले केही काम गर्नका लागि नटबोल्ट जोडेको भन्दै उनले केही नटबोल्ट खुस्केर गएको टिप्पणी गरे । ‘मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिएँ । कसले–कसले खुस्काई दियो । खुस्केका खुट्टा गए,’ ओलीले भने, ‘मेहनत गरेर जोडियो ।’

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]