जेष्ठ ७, २०८२ मंगलबार

पराजित भएपछि कमल थापाले लेखे – राजाको भलो होस्

काठमाडौं । राजाको भलो होस् भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले सामाजिक सञ्जालमा असन्तोष प्रकट गरेका छन् । हार स्वीकार गरेको जानकारी दिदैं उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर थापा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनलाई बधाइ दिएका हुन् ।

उनले निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन् । थापाले भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, उनले लेखेका छन् ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]