जेष्ठ ७, २०८२ मंगलबार

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]