जेष्ठ ७, २०८२ मंगलबार

माघ २ र ३ गते कक्षा १२ को पुरक परीक्षा

बिर्तामोड । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो । नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् ।

४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्। सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले ई ग्रेड ल्याएका छन् ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]