जेष्ठ ८, २०८२ बुधबार

आयोगले भेट्यो बिर्तामोडमा निर्घात कुटिएका विधार्थी

बिर्तामोड । राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले बिर्तामोडमा भएको विधार्थी कुटपिटको घटना बारे अध्ययन गरेको छ । घटना अध्ययनका लागि आयोगको टोली सोमवार बिर्तामोड आएको थियो ।

झापाको बिर्तामोडस्थित सुनगाभा ईंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत विधार्थी अविरल तिम्सिनालाई शिक्षक विकास पोखरेलले निर्घात कुटपिट गरेका थिए । सोही घटनाको राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद र बाल हेल्पलाइनको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीले पीडित बालक, उनको परिवार र विद्यालयसँग विस्तृत छलफल गरेको छ । टोलीले विर्तामोड नगरपालिका वडा नं. ५ को वडा कार्यालय, प्रहरी लगायत घटनासँग सम्बन्धित सरोकारवाला पक्षहरुसँग समेत छलफल तथा घटनाबारे जाँचबुझ गरेको टोलीका सदस्य प्रजेश खनालले जानकारी दिए ।

अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख गंगाकुमारी दाहाल, बाल हेल्पलाइन १०९८ (मोरङ) का प्रमुख बासु अधिकारी, हेल्पलाइनका सामाजिक कार्यकर्ता सलिना सापकोटा र राष्ट्रिय बाल अधिकार परिषदका कोभिड संकट बाल संरक्षण सहायता स्वयंसेवी समूहका सदस्य प्रजेश खनालको सहभागिता रहेको थियो । अनुगमनमा देखिएको विषयवस्तुहरुलाई अनुगमन टोलीले प्रतिवेदनका रुपमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदलाई पेश बताइएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]