मोटरसाइकलसहित चोरीमा संलग्न तीन जना पक्राउ
बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरी गरेको मोटरसाईकलसहित तीनजना पक्राउ गरेको छ । प्रहरी टोलीले ईलाम सूर्योदय नगरपालिका वडा नं. ९ का २१ वर्षीय आशिष सुब्बा, वडा नं. ८ बस्ने २१ वर्षीय बिवेक घिमिरे र बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजार २६ वर्षीय रंजित राजवंशीलाई चोरी गरेको मे ६ प २५०५ नं. को १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नं. को १५० सिसिको मोटरसाईकलसहित पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको उजुरीका आधारमा मंसीर १६ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाहीको प्रक्रियाअघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।