दिलमाया स्मृति कप : कनकाई ५ सेमीफाइनलमा
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुपर ८ को मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको छ । गौरादह ५ लाई १–० गोल अन्तरले पराजित गर्दै कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको हो ।
खेल पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफको २२ औं मिनेटमा कनकाई ५ को तर्फबाट जर्सी नं. ६ का डिल्लीराम बस्नेतले प्रहार गरेको गोल नै निर्णयाक गोल बन्न पुग्यो । यो सँगै कनकाई ५ सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान आफ दी म्याच विजेता टिमको विकल साउदेन घोषित भए । उनले नगद २५ सय प्राप्त गरे । खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्तगर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।
बुधबार हुने पहिलो सेमीफाइलन खेल शिवसताक्षी १० र शिवसताक्षी ११ बीच हुने छ । झापा क्षेत्र नं. ४ का सांसद् एलपी साँवा लिम्बुको ममतामयी माताको सम्झानामा दिलमाया स्मृति कपको आयोजना गरिएको हो ।