दिलमाया स्मृति कप : शिवसताक्षी ११ फाइनलमा प्रवेश
शिवसताक्षी । शिवसताक्षीमा जारी दिलमाया स्मृति सुपर ८ को खेलमा शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षीको निर्माणधिन दूधे रंंगशालामा जारी कपको बुधबारको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी १० लाई १–० गोल अन्तरले हराउँदै गर्दै शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको हो ।

खेलको ३ मिनेटमा शिवसताक्षी ११ को तर्फबाट जर्सी नं. १७ का अजेस राई गरेको गोल नै निर्णायाक गोल हुन पुग्यो । दुवै तर्फबाट प्रतिश्पार्धामत्क खेल भएपनि वडा १० ले कुनै पनि गोल गर्न सकेन । दुवै टिमका खेलाडीहरुले थुप्रै गोल गर्ने अवसर गुमाए ।
शिवसताक्षी १० का जर्सी नं. ७ का पवन राईले डिवक्स भित्रबाट प्रहार गरेको बल किपरलाई विट गर्दा पनि शिवसताक्षी ११ का जर्सी नं. २ का जेरन राईले बचाउन सफल भएका थिए । खेलको म्यान अफ दी म्याच शिवसताक्षी ११ का जेरन राई घोषित भए । उनले नगद २५ प्राप्त गरे ।
खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । विहीबार हुने अन्तिम सेमीफाइनल खेल कनकाई ५ र झापा गाउँपालिका ६ बीच हुने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।