कांग्रेस महाधिवेशनमा आज उम्मेदवारहरुले मनोनय दर्ता गर्दै
काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वका लागि लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ ।
यस्तै भोलि दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र पर्सी सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संस्थापन र पौडेल कोइराला समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । तर दुवै समूहले उम्मेदवारहरूको टुंगो भने अझै लगाउन सकेका छैनन् ।