बाह्रदशीको त्रिवेणी चोकमा दुर्घटना, १ को मृत्यु ४ घाइते
बिर्तामोड । झापाको लक्ष्मीपुर –राजगढ सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाह्रदशी –३ स्थित त्रिवेणी चोकमा बस र भेन एक आपसमा ठोक्किएको थियो । प्रदेश १ ख ३५२४ नम्बरको बस र मे १ च २२२६ नम्बरको भेन दुर्घटनामा परेको झापा ट्राफिलके जनाएको छ । दुर्घटनामा भेन चालक बाह्रदशी १ का ३४ वर्षीय चन्द्रदेव उप्रेती रहेका छन् । अन्य घाइतेहरुको उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाई छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।