जेष्ठ ९, २०८२ बिहीबार

देउवालाई प्रकाशमान सिंहको समर्थन

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो ।

छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो ।

१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह  ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको थियो । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ । 

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]