जेष्ठ ९, २०८२ बिहीबार

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको हो ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]