जेष्ठ ९, २०८२ बिहीबार

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् । प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हजार ४५५ जनामा कोरोनामा कोरोना संक्रमण भएको छ । संक्रिय संक्रमितको संख्या ११७ रहेको छ । कोरोना संक्रमण भएर हालसम्म २ हजार १८७ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा ७५१ महिला र १४३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]