झापामा वडा सदस्यदेखि पार्टी अध्यक्षसम्मलाई एकै ठाउँमा सम्मान गरिने
बिर्तामोड । नेकपा एमाले झापाले वडा सदस्यदेखि पार्टी अध्यक्षसम्मलाई एकैठाउँमा सम्मान गर्ने भएको छ । हालै सम्पन्न पार्टीको वडादेखि केन्द्रीय कमिटीसम्मको महाधिवेशनबाट निर्वाचित सबैलाई पुष १० गते सम्मान गरिने सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए ।
आज बिर्तामोडस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले बिर्तामोडमा भव्य बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्लाको अधिवेशनका लागि सदस्यता र परिचयपत्र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

जिल्ला अधिवेशनको पूर्व तयारीका लागि ५ वटै क्षेत्रको बैठक सम्पन्न गरेर आउँदो ७ गते जिल्ला कमिटी बैठक बस्ने निर्णय गरिएको छ । बैठकका प्रमुख अतिथी खरेलले केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।