अरुणोदय शैक्षिक पुरस्काबाट तीन जना पुरस्कृत
बिर्तामोड । अरुणोदय बचत तथा ऋण सहकारी संस्था विर्तामोडले तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । सहकारीको ९ औं वार्षिक साधारणसभाको अवसरमा अरुणोदय शैक्षिक पुरस्कारबाट तीन जना विधार्थीलाई सम्मान गरेको हो ।
एसईईमा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने रोहण कट्टेल, रिया पोखरेल, स्वस्तिका न्यौपानेलाई अरुणोदय पुरस्कारबाट पुरस्कृत गरिएको संस्थाका अध्यक्ष ताराप्रसाद नेपालले जानकारी दिए । सोही कार्यक्रम उत्कृष्ट बालबचतकर्ता आदिश्री पौडेल, उत्कृष्ट बचतकर्ता सिता कार्की, उत्कृष्ट ऋणी सञ्चमाया लावतीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष नेपालले वार्षिक प्रगति प्रस्तुत गर्दै भावी रणनीति जानकारी गराएका थिए । ४८ जना शेयर सदस्यहरुबाट स्थापना गरिएको अरुणोदयको ९२ लाख २२ हजार ४ सय शेयर पुँजी पुगेको छ । संस्थाले पुस १० गतेबाट शनिश्चरे सेवा केन्द्र सञ्चालन गर्ने जानकारी दिइएको छ ।
अध्यक्ष नेपालको अध्यक्षता एवम् झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केशवराज दाहाल, मातृका निरौला, रुद्र सिटौला, टिआर गौतम, कैलाश पोखरेल, राधेश्याम शर्मा ढकाल लगायतले शुभकामना मन्तव्य रोखका थिए । संस्थाले रेमिट्यान्ससहित अन्य सेवा सञ्चालन गर्दै आएको छ ।