जेष्ठ ९, २०८२ बिहीबार

सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन । एमालेको सहभागी बिना नै बैठक सुरु भएको हो ।

बालुवाटारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]