नेकपा एमाले दमकको उपाध्यक्षमा दाहाल सर्वसम्मत
बिर्तामोड । नेकपा एमाले दमक नगर कमिटीको उपाध्यक्षमा विद्यार्थी नेता दिपेश दाहाल चयन भएका छन् । पालिकाको नेतृत्व चयनका बेला उपाध्यक्षमा सहमति जुटेको थिएन । उपाध्यक्ष बाहेक सबै पद्मा यसअघि नै नेतृत्व चयन भइसकेको थियो ।

सोमबार दमकको निर्वाचन समितिले दाहाल उपाध्यक्षमा सर्वसम्मत भएको निर्णय सार्वजनिक गरेको छ । नगर कमिटीको उपाध्यक्षका लागि नगरका सदस्य मेदनी खरेल र दाहालले उम्मेद्वारी दिएका थिए । दुवै जनाले तत्काल उम्मेदवारी फिर्ता नलिएपछि अध्यक्ष मण्डललाई निणायर्थ छोडिएको थियो । दुवै जनाको परामर्शमा दाहालको नाममा सहमति जुटाइएको बताइएको छ । दाहाल अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज समेत हुन् ।