जेष्ठ ३२, २०८२ शनिबार

झापा एमालेको मतगणना ११ बजेदेखि

बिर्तामोड । नेकपा एमाले झापाको शुक्रवार राती सम्पन्न निर्वाचनको मतगणना आज ११ बजेदेखि शुरु हुने भएको छ । मतगणना जिल्ला पार्टी कार्यालय बिर्तामोडमा हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जनाए अनुसार ९१५ जना प्रतिनिधिमध्ये ७३६ जनाले मतदान गरेका छन् ।

एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यसअघि नै १२० जना सर्बसम्मत भइसकेका छन् । बाँकी ३० पदका लागि निर्वाचन गरिएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

खुल्ला १९ हल सदस्य , निर्वाचन क्षेत्र नम्बर १ (क) को १ खुल्ला सदस्य, मेचीनगरको खुल्ला २ सदस्य, आदिवासी जनजाति ६ खुल्ला सदस्य र युवा, विधार्थी र खेलकुदमा २ सदस्यका लागि निर्वाचन भएको छ । राती ११ बजेसम्मलाई मतदानको समय निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]