जेष्ठ ३२, २०८२ शनिबार

इलामको झण्डीडाँडाबाट मेचीनगरसम्मको प्याराग्लाइडिङको परीक्षण उडान सफल

पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिनुभएको छ । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उहाँ आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गर्नुभएको हो ।

पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उहाँले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराउनुभएको हो ।

शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गर्नुभएको थियो भने आज वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान ग¥यौँ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उहाँले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गर्नुभयो । उहाँले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताउनुभयो । उहाँले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।

झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उहाँको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्वालोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।

सेलरोटी महोत्सव मनाइयो

माघे सङ्क्रान्तिको अवसर पारेर आज बाह्रदशी गाउँपालिकामा सेलरोटी महोत्सव उल्लासपूर्वक मनाइएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजनामा राजगढ बजार परिसरमा आयोजित महोत्सवमा विभिन्न कृषक समूह सहभागी भएका थिए । सेलरोटीको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनचेतना मूल कृषक समूहका अध्यक्ष पुण्य ढुङ्गेलले बताउनुभयो ।

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय झापाले २५ जनाभन्दा बढी भेला नहुन जारी गरेको सूचनालाई बेपर्वाह गर्दै महोत्सवमा करिब तीन हजारको उपस्थिति रहेको थियो । माघे सङ्क्रान्तिमा तरुल, चाकु र तिलको लड्डुझैँ महत्व सेलरोटीको पनि रहेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायले आफ्नो पहिचान स्थापित गर्न मात्र विगतमा महोत्सवको आयोजना हुँदै आए पनि पछिल्लो समय झापामा पक्का र सेलरोटी महोत्सवसमेत सुरुआत भएको छ ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]