झापा एमालेको निर्वाचन : एक सय २० जना सर्वसम्मत, ३० सदस्य निर्वाचित
बिर्तामोड । नेकपा एमाले झापाको ३० सदस्यीय पदका लागि गत शनिवार भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पुस २३ गते उद्घाटन भएको १० औं जिल्ला अधिवेशनबाट पदाधिकारीसहित १२० जना सर्वसम्मत भएका थिए ।
पार्टी केन्द्रले देशभर सर्वसम्मत नेतृत्व चयनका लागि आव्हान गरेको थियो । सोही अनुसार झापामा पनि सर्वसम्मत नेतृत्व चयनमा अधिकतम प्रयास गरिएको थियो । नेतृत्व चयनमा गरिएको सहमति प्रयास कै कारण १२० जना सर्वसम्मत भएका हुन् । सहमति नभएका ३० सदस्य पदमा निर्वाचन भएको हो । शनिवार सम्पन्न निर्वाचनको परिणाम आइतवार विहानसम्म आएको थियो ।
खुल्ला सदस्यमा १९ जना
नेकपा एमाले झापाको खुल्ला भूगोल तर्फको १९ जना जिल्ला सदस्य पद्का लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाईले सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । उनले सर्वाधिक ३४५ मत पाएका छन् ।
खुल्ला भूगोलतर्फको १९ सिटका लागि ५४ जनाबीच प्रतिष्पर्धा भएको थियो । आइतवार विहान सम्पन्न मत परिणाम अनुसार देबेन्द्र चम्लागाई (३४५), रिङ्ग कुमार राई (३२२ मत), डम्बरकुमार गिरी (३१८ मत), प्रविण पोखरेल (३१५ मत), गणेशबहादुर बस्नेत (३११ मत), धु्रवकुमार शिवाकोटी (३०७ मत), केशव खड्का (३०५ मत), धनबहादुर थेबे (३०१ मत), दिपेन्द्र लम्साल (२९३ मत) र नारायणप्रसाद गौतम (२८८ मत) बिजयी भएका छन् ।
त्यसैगरी, नेत्र दाहाल (२७९ मत), छविलाल चुडालर (२७४ मत), कृष्णप्रसाद बिमली (२६७ मत), नगेन्द्रप्रसाद संग्रौला (२६५ मत), लोकनाथ गौतम (२४६ मत), गोपाल काफ्ले (२३७ मत), बलराम खरेल (२३१ मत), कृष्ण कनाल (२३० मत) र डम्बरबहादुर बस्नेत (२२१ मत) बिजयी भएका छन् ।
युवा, विधार्थीबाट समर्पण र उमेश
यस्तै, युवा, विधार्थी र खेलकुद क्लस्टरबाट सदस्यमा समर्पण खतिवडा र उमेश खतिवडा निर्वाचित भएका छन् । समर्पणले ३२२ र उमेशले २८६ मत पाएका छन् ।
सो क्लस्टरमा २ जनाका लागि ६ जना निर्वाचनमा सहभागी थिए । मत परिणाम अनुसार डिगम पराजुली ११७, पर्वत भण्डारी २५९, राजकुमार थापा२७८ र शम्भु भण्डारीले १०५ मत प्राप्त गरेकाको निर्वाचन समितिले जनाएको छ ।
‘आज’ बाट सुरेन राजवंशीलाई सर्वाधिक मत
नेकपा एमाले झापाको आदिवासी जनजाति क्लस्टरबाट सर्वाधिक मत ल्याई बिर्तामोडका सुरेन राजवंशी जिल्ला सदस्य पद्मा निर्वाचित भएका छन् । आदिवासी जनजाति क्लस्टरबाट ६ जनाका लागि २७ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
निर्वाचन समितिका अनुसार विजयी हुनेहरुमा सत्यनारायण राजवंशी २३३, दयालाल राजवंशी २१६,चन्द्र सुब्बा २०१, शेर बहादुर तामाङ १९५ र छत्रबहादुर श्रेष्ठ १९४ रहेका छन् ।
मेचीनगर खुल्लाबाट प्रसाई र राई निर्वाचित
मेचीनगर खुल्ला तर्फबाट चन्द्र प्रसाई र देवकुमार राई निर्वाचित भएका छन् । प्रसाईले ३१२ र राईले ३०३ मत प्राप्त गरे ।
खुल्लामा राजु कार्कीले २२६, ठाकुर प्रसाद शिवाकोटीले १५३, सन्तोष आचार्यले १४८, हरि घिमिरे ११२, तिलक न्यौपाने ७० र चेतबहादुर राउतले ५० मत प्राप्त गरे ।
यस्तै, प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) मा भुपाल शिवाकोटी निर्वाचित भएका छन् । उनले ३४४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी शान्तिप्रसाद सापकोटाले २३१ र कनक बहादुर कार्कीले १०२ मप प्राप्त गरे ।