जेष्ठ ३०, २०८२ बिहीबार

नेकपा एमाले झापाको सपथग्रहण

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज सथप ग्रहण गरेका हुन् ।

पुस २३ र २४ एमाले झापाको अधिवेशन उद्घाटन र बन्द शत्र चलेको थियो । सोही बन्द शत्रबाट पदाधिकारी सहित १२० जना सदस्य सर्वसम्मत भएका थिए । बाँकी ३० सदस्यका लागि गत शनिवार निर्वाचन भएको थियो । सो निर्वाचनबाट निर्वाचित सदस्य र मनोनित गरिएका सदस्यहरु समेतलाई सपथग्रहण गराइएको छ ।

जिल्ला अध्यक्ष दिपक कार्कीले जिल्ला कमिटी सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ४ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]