जेष्ठ ३०, २०८२ बिहीबार

एमाले झापाको जिल्ला सदस्यमा २६ जना मनोनित

बिर्तामोड । नेकपा एमाले झापाको नयाँ जिल्ला कमिटीमा २६ जना मनोनित भएका छन् । आज सम्पन्न सपथग्रहण कार्यक्रमको पूर्वसन्ध्यामा एकता प्रक्रियाबाट १४ जनासहित २६ जनालाई मनोनित गरिएको हो ।

एकताबाट प्रमिश गिरी, मनोरथ तिवारी, नारायण काफ्ले, भुपाल ओली,गोपाल चुडाल,भीम प्रसाद राई ,विदुर तिवारी, हेम बहादुर कार्की, कृष्ण पोखरेल, हरिदास ढुङगाना,लक्ष्मी प्रसाद राजवंशी,हृदय राजवंशी,पर्शुराम राजवंशी र मान बहादुर कार्की रहेका छन् ।

यस्तै, पार्टीले डम्बर देउजा, देशबन्दु ढुङ्गेल,भोला धिताल,चन्द्र गजमगेर, प्रकाश अधिकारी, टेक प्रसाद आचार्य, तोयानाथ पोखरेल, दुर्गामणि बस्नेत, डम्बर कुमारी संग्रौला, गोकर्ण ओझा, पुष्पा भण्डारी र मेदनी खरेलाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ४ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]