युनिकममा आवद्ध सदस्यलाई तालिम
बिर्तामोड । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) ले झापाको बिर्तामोडमा एक दिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । आज संघमा आबद्ध सदस्यको क्षमता अभिबृद्धि गर्ने उदेश्यले नेतृत्व विकास तालिम प्रदान गरिएको युनिकमले जनाएको छ ।
तालिमको उद्घाटन उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का प्रवक्ता कुमार भट्टराईले ब्यानर वाचन गरेर गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उनले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा धेरै नै ठुलो सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रममा यूएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले जुम मार्फत कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले केहि समय अघि सम्म व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो समय परिवर्तन आएको बताए । उनले ‘युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको समेत बताए । राम्रो अवसरको खोजीमा यताउता धाउनु भन्दा आफूलाई राम्रो बनाएर सोही काममा अवसर सिर्जना गर्ने गरि यस क्षेत्रमा आबद्धहरुले काम गर्नु पर्ने धारणा राखेका थिए ।
तालिममा सहभागीलाई यूएनआईकय एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण प्रदान गरेका थिए । नेतृत्व विकासकारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले समेत प्रशिक्षण दिएका थिए । युनिकम बिर्तामोड अध्यक्ष कविन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युनिकम नेपालका सागर रिजालले गरेका थिए ।