उत्कृष्ट नागरिक सम्मान प्रा.डा. के.आर खम्बूलाई
भद्रपुर । भद्रपुर जेसीजको ४६ औं पद हस्तान्तरण कार्यक्रमको अवसरमा उत्कृष्ट नागरिक सम्मान प्रा.डा. के.आर खम्बूलाई प्रदान गरिएको छ । नगद ११ हजार एक सय ११ रूपैया सहित खम्बूलाई उत्कृष्ट नागरिक सम्मान गरिएको हो ।
सोही अवसरमा ३ जना क्यान्सर रोगीलाई जनही ५ हजारका दरले उपचार खर्चका लागि आर्थिक सहयोग गरिएको छ । सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे (निकास) को अध्यक्षता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य झापा इञ्चार्ज एवम् पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्मान प्रदान गरिएको छ ।

अध्यक्ष पाण्डेको गलामा रहेको जेसीज चेन सन् २०२२ का नवनिर्वाचित अध्यक्ष मनोज भट्टराईलाई पहिर्याएर भद्रपुर जेसीजको ४६ औं पदस्थापन गरिएको थियो ।
भद्रपुर जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनोज भट्टराई, कार्यकारी उपाध्यक्षमा युवराज न्यौपाने र टिकाराम पाणे, महासचिव रमेश कार्की, उपाध्यक्षहरू क्रमश : केशव अधिकारी, प्रकाश भट्टराई, विजयकुमार अधिकारी र सरोज ढकाल निर्विरोध चयन भएका छन् भने बाँकी सवै पदाधिकारी सहित बोर्ड सदस्यलाई समेत नयाँ समितिले पूर्णता दिएको छ ।