जेष्ठ २६, २०८२ आईतबार

सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयाे

सुनसरी – सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा बस र ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]