बेहुला-बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनाः ७ जनाको मृत्यु
प्यूठान- प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।
मृतक कसैको पनि पहिचान नखुलेको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहेको छ।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो। पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।