जेष्ठ २६, २०८२ आईतबार

सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनायो : महासचिव पोखरेल

सुनसरी – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनाएको आरोप लगाउनु भएको छ । आज सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अर्थतन्त्रका सबै सूचक नकरात्मक भएको बताउनु भएको हो ।

‘यो वर्तमान सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ,’ उहाँले भन्नुभयो, ‘मूल्य वृद्धिको सूचक उच्च छ । बैंकमा तरलता अभाव छ । बाहिर जाने मान्छे बढीरहेका छन् तर रेमिट्यान्स घटिरहेको छ । यस्तो हुनुको मुख्य कारण पारदर्शीताको अभाव भएकोले गर्दा हो । मुलुकमा हुन्डी कारोवारी हुन थालेका छन् । अवैधानिक क्रियाकलापले प्रशय पाइरहेका छन् ।’

सरकारको संचित कोषमा यतिबेला ६ महिनालाई पनि धान्ने पैसा समेत नभएको महासचिव पोखरेलले बताउनुभयो । यसै सन्दर्भमा एमाले सरकारमा हुँदा भने १४ महिनका लागि प्रयाप्त पैसा भएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले सरकारमा रहँदा १४ महिनाको खर्च धान्ने संचिति थियो। अहिलेको सरकारसँग ६ महिनाको खर्च धान्ने पनि संचिति छैन ।’

वर्तमान सरकारको गलत नीतिका कारणले यो सबै भइरहेको भन्दै उहाँले आयात निर्यात घटेको र व्यापार घाटा बढेको टिप्पणी समेत गर्नुभयो । राष्ट्रिय स्वाधीनताका पक्षमा समेत यो सरकार कमजोर रहेको पोखरेलको अरोप लगाउनुभयो ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]