जेष्ठ २६, २०८२ आईतबार

एमसीसीमा प्रचण्डलाई बाबुरामको गम्भिर आरोप : बाहिर माओवादी,भित्र खाओवादी

काठमाडौं -जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भित्र खाओवादी र बाहिर माओवादीको संज्ञा दिनुभएको छ ।

एमसीसीका विषयमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर पठाएको पत्र सावर्जनिक भएपछि गए राती ट्विटरमा लेख्दै भट्टराईले प्रचण्डको नाम नलिइ कडा ढंगले विरोध गर्नुभएको छ । ‘भित्रभित्र राष्ट्रघात,बाहिर बाहिर राष्ट्रवाद’ भट्टराईले लेख्नुभएको छ ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ।’ प्रचण्डलाई सांकेतिक रुपमा विभिन्न उपमा दिंदै भट्टराईले भित्र खाओवादी र बाहिर माओवादी भएको आरोप पनि लगाउनुभएको छ ।

नेपाली राजनीतिमा जबसम्म यो पाखण्डी र दुई जीब्रे प्रवृतिबाट मुक्त हुदैन तबसम्म देश बन्दै नबन्ने भट्टराईको निष्कर्ष छ । एमसीसीलाई गीजोलिरहे गम्भिर परिणाम आउने चेतवानी भट्टराईको छ ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]