जेष्ठ २६, २०८२ आईतबार

गाँजा खेती गर्न दिने सरकारको तयारी

काठमाडौं – गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ पोखरेलले भन्नुभयो ।

गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहनु भएको छ ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]