जेष्ठ २६, २०८२ आईतबार

बाँझोपनाको उपचारपछि एकैपटक जन्मिए छोराछोरी

बिर्तामोड । झापा कनकाई नगरपालिका वडा नं. ५ का एक दम्पति विवाहको छ वर्षसम्म सन्तान विहीन भए । विवाहको भएको वर्षौसम्म सन्तान नभएपछि उपचारका लागि भेषराज र सरिता धमला धेरै अस्पतालहरु धाए ।

६ वर्षपछि धमला दम्पतिले जुम्ल्याहा सन्तानलाई जन्म दिएका छन् । सोमबार बिर्तामोडस्थित मनमोहन अस्पतालमा उनीहरुले छोरा र छोरीलाई सँगै जन्म दिए । १ छोरा र १ छोरीसँगै भएपछि सन्तान हुने आशा मारेका धमला दम्पतिमा यतिबेला खुशीको सिमा छैन ।

भेषराजले खुशी हुँदै भने, ‘सन्तान हुने आशा ५ प्रतिशत पनि थिएन । तर, डाक्टर एकराज गौतम भगवान सावित हुनुभयो । उहाँसँगै उपचार गरेपछि ६ वर्षपछि सन्तान भएको छ ।’ विवाह पश्चात १-२ वर्षसम्म गर्भ नबसेपछि चिन्तित भएका उनीहरु बिर्तामोडको कनकाई, दमकको ओम मेची लगायतका अस्पतालहरुमा उपचारका लागि पुगेका थिए । धेरै अस्पताल धाउँदा पनि गर्भ नबसेपछि उनीहरुले सन्तान हुने आशा मारिसकेका थिए । अन्तिममा बिर्तामोडको मनमोहनमा डा.एकराज गौतमसँग भेटेका दम्पति उपचारको २ महिनापछि खुशी भए । २ महिनापछि गर्भ बसेको थाहा भयो, त्यसपछि डाक्टरलाई जानकारी गराइयो, भेषराज भन्छन्, ‘ त्यसपछि नियमित हेरचाह र उपचार गर्न थालियो ।

.गौतमका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले यस प्रकारको समस्या शतप्रतिशत सफल नहुने बताए । शतप्रतिशत सफल हुने गरि उपचार गरेका हुन्छौं, डा. गौतम भन्छन्, कतिपय अवस्थमा सफल नहुन पनि सक्छ । धमलाको श्रीमतिको उपचारपछि बच्चा बसेको डाक्टर गौतमको भनाई छ । महिलामा अण्डा नबस्ने समस्या थियो, उनले भने – उपचारपछि त्यो सफल भएको हो ।

ट्यूवमा समस्या थियो, त्यसलाई खुलाएर अण्डा बसाउने इन्जेक्सन प्रयोग गरिएको डा. गौतमले बताए । उनले अण्डा नलीमा समस्या भएकाले ल्याप्रोस्कोपी विधिबाट उपचार गरिएको जानकारी दिए । डा. गौतमले ६ वर्षको बाँझोपनामा सन्तान जन्माउने कुरा सामान्य नभएको बताएका छन् ।

पुरुषको वीर्य कमजोर भएमा, अण्डा नबन्ने समस्या र बच्चा बस्ने लेयर ड्यामेज भएमा बाँझोपना हुने डा.गौतमको भनाई छ । धेरै समस्यामध्ये मुख्य समस्याहरु यिनै भएको उनको भनाई थियो । मनमोहन अस्पतालमा टेस्ट्युव वेबी राख्ने बाहेकका सुविधा रहेको जानकारी दिए । अस्पतालमा केहि दिनअघि सोही प्रकारको समस्यापछि उपचार गराएका दम्पतिले सन्तान प्राप्त गरेको डाक्टरको भनाई छ ।

प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]