भुमि आयोग र बिर्तामोडबीच सम्झौता
झापा । राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच सम्झौता भएको छ । भूमिहिन दलित,भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि संझौता भएको हो ।
आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षीय संझौता भएको हो ।संझौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
संझौतामा नगरपालिकाले भूमिहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यस पछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय भुमि आयोगले दोश्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो ।आयोगले पहिलो चरण अन्तर्गत जिल्लाको दमक,कनकाई,शिवसताक्षी र वुद्वशान्तिलाई छनोट गरेको थियो ।