जेष्ठ २५, २०८२ शनिबार

झापामा थपिए ५१ हजार ४४५ मतदाता

झापा । झापामा ५१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली संकलनबाट जिल्लामा ५१ हजार ४४५ जना नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावली संकलनबाट त्यति संख्यामा मतदाता थपिएपनि उनीहरुको अद्यावधिक हुन बाँकी रहेको छ । जिल्लामा २०७७ पुष ५ गतेसम्म ६ लाख ९ हजार ३७४ जना मतदाता रहेका थिए । नयाँ थपिएसंगै अब जिल्लाको कूल मतदाता संख्या ६ लाख ६० हजार ८१९ पुगेको छ ।

त्यसमध्ये ६१९ जना झापा छोडेर अन्य जिल्ला गएका छन् । मतदाता नामावली संकलनबाट संकलित मतदाताहरुको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए । उनले केही दिनमै जिल्लाका कूल मतदाताको संख्या यकिन हुने जानकारी दिए । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेपछि झापाको मतदाता नामावली संकलन कार्य पनि रोकिएको उनले जानकारी दिए ।

मतदाता संख्या बढेसंगै झापामा मतदान केन्द्र पनि बढ्ने भएको छ । जिल्लामा हाल २८६ वटा मतदान केन्द्रहरु रहेका छन् । २०७४ को निर्वाचनमा २८३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि तीनवटा थप गरिएको थियो भने एउटा खारेज गरिएको थियो । जिल्लामा अब आउने निर्वाचनमा साढे सात सय जति मतदान केन्द्र हुनसक्ने कार्यालय प्रमुख नेपालले बताए ।

प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]