भूमि आयोगसँग बिर्तामोडको दोस्रो सम्झौता
बिर्तामोड । राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बिच दोस्रो पटक सम्झौता भएको छ । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई जग्गा वितरणका लागि फेरि सम्झौता भएको छ । यसअघि पनि नगरापलिका र भूमि आयोग बिच सम्झौता भएको थियो ।
आयोगको जिल्ला कार्यालय भद्रपुरमा आइतवार दोस्रो पटक नगरपालिका र आयोग विच सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे, सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । यसअघि प्रेम गिरी अध्यक्ष भएको समयमा पनि आयोगसँग सम्झौता भएको थियो ।
सम्झौतामा नगरपालिकाले भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यसपछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ । बिर्तामोड नगरपालिकाले केपी ओली सरकारको पालामा बिर्तामोडको दशैं वडामा लगत संकलन गरेको थियो । नगरका अनुसार २६ सय ९७ परिवारले फारम भरिसकेका छन् ।
कांग्रेस सरकारले बनाएको आयोगसँग दमक, कनकाई, शिवसताक्षी र बुद्धशान्तिले फेरि सम्झौता गरेका हुन् ।