जेष्ठ २१, २०८२ मंगलबार

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउने दाबी

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र सङ्घका तीन वटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । 

स्थानीय तहको चुनावबारे आज शुक्रवार एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । उहाँले चुनावमा धाँधली गरेर जित्ने प्रयास नगर्न पनि भन्दै नागरिक आफूहरूको पक्षमा रहेको बताउनुभयो ।

षड्यन्त्र गरेर पार्टी विभाजन गरिएको भए पनि त्यसको असर कम रहेको र चुनावमा जान आफूहरू आतुर रहेको अध्यक्ष ओलीले बताउनुभयो । 

प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]